प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका सांसदहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ। सभामुख अग्नि सापकोटाले सूचना टाँसेर बैठक स्थगित गरेका हुन्। 

सरकारले प्रतिनिधि सभाको अधिवेशन आव्हान गरेसँगै पहिलो बैठकमै नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले बैठक बहिष्कार गरेको थियो। त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोष्टम घेराउ गरेको थियो। कांग्रेसले संवैधानिक परिषद् सम्बन्धि अध्यादेशको विरोध गरेको हो।

संविधानको मर्म विपरित ल्याएको संबैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्न माग गर्दे प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका थिए। संसदका सातौं अधिवेशन सुरु भएकै दिन सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पेश भएपछि कांग्रेस सासदहरु आफ्नो आसनबाट उठेर वेल घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

त्यसपछि पनि सहमतिमा पुग्न नसकेपछि सभामुख सापकोटाले २६ गते १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।