मन्त्री र सांसदहरुलाई आजदेखि कोरोना खोप लगाइँदै

मन्त्री र सांसदहरुलाई आजदेखि कोरोना खोप लगाइँदै

काठमाडौं । कोरोना विरुद्धको खोप अभियानको दोश्रो चरणमा आज प्रतिनिधिसभा , राष्ट्रियसभा र सचिवालय मातहतका पदाधिकारी, मन्त्री र कर्मचारीलाई खोप लगाइदै छ। यस अभियान अन्तर्गत सभामुख अग्निप्रसाद सापकोटाले आजै खोप लगाएका छन्।

यसैगरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना , उपाध्यक्ष शशिकला दाहाल, मन्त्रीहरू र दुवै सदनका सांसदहरुका साथै सचिवालयका कर्मचारीलाई खोप लगाइदै छ।

सिभिल अस्पताल नयाँ बानेश्वरबाट कोरोनाविरूद्ध उनीहरूलाई खोप लगाइदै छ। यो कार्यक्रम तीन दिनसम्म चल्ने छ। प्रतिनिधिसभाको अधिवेशन यही २३ गते शुरु हुने भएकाले संसद सचिवालय मातहतका सबैलाई खोप लगाउने व्यवस्था गरिएको हो ।