नेप्से बढ्यो

काठमाडौँ : सेयर बजारको परिसूचक नेप्से १.८२ अङ्कले बढेको छ। आजको कारोबारपछि परिसूचक ११६८.०३ कायम भएको छ।

कुल १७३ कम्पनीको ५३ करोड ८३ लाख ४० हजार ८ सय २९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सानिमा बैक लिमिटेड डिबेन्चरले सबैभन्दा बढी कारोबार गरेको छ भने भने नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् ।