मन्त्रिपरिषद् बैठक सम्पन्न, संसद अधिवेशन २३ गते  अपरान्ह ४ बजे बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रिपरिषद् बैठक सम्पन्न, संसद अधिवेशन २३ गते  अपरान्ह ४ बजे बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं ।  सरकारले फागुन २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले संसद अधिवेशनको लागि राष्ट्रपतिसमक्ष पत्र पठाउने निर्णय गरेको शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

यसअघिको मन्त्रिपरिषद बैठकले २३ गते संसद अधिवेशन बोलाउनेबारे छलफल गरे पनि औपचारिक निर्णय भने गरेको थिएन ।