कहाँ लुकाइयो संसद् बोलाउने निर्णय ? किन पुगेन राष्ट्रपति कार्यालय ?

कहाँ लुकाइयो संसद् बोलाउने निर्णय ? किन पुगेन राष्ट्रपति कार्यालय ?

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २३ गते संसद् बोलाउने निर्णय गरे पनि राष्ट्रपतिकहाँ सरकारको निर्णय अझै पुग्न सकेको छैन । संसद् विघटन हतार हतारमा गर्ने राष्ट्रपतिबाट किन आह्वान भएको छैन भन्ने प्रश्न लगातार उठिरहेका बेला राष्ट्रपतिका विज्ञ सल्लाहकार टीका ढकाललाई गरिएको प्रश्नमा उनले भने, “संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस अझै राष्ट्रपति कार्यालय आइपुगेको छैन । आइपुगेको भए एक मिनेट पनि ढिला हुँदैन ।”

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको मन्त्रीहरूले जानकारी गराएका थिए । 

बालुवाटार स्रोतका अनुसार अझै पनि दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने कि नगर्ने भन्नेमा छलफल भइरहेको छ । 
संसद् बैठक आह्वान भएपछि अध्यादेश ल्याउन पाइँदैन ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ ।

धेरै पढिएको

छुटाउनुभयो कि ?