बुधबार सुनको भाउ ६ सय रुपैयाले बढ्यो

काठमाडौँ : बुधबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाले बढेको छ । हिजो मंगलबार प्रतितोला सुनको भाउ ७२ हजार २ सय रुपैयामा कारोबार भएको सुन आज प्रति तोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुनको भाउ प्रति तोला ७२ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छ । हिजो प्रति तोला ७१ अजार ९ सय रुपैयामा कारोबार भएको सुनको भाउ बुधबार ६ सय रुपैयाले बढेको हो । यस्तै आज चाँदी प्रतितोला १० रुपैयाले बढेर ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङघले जनाएको छ ।