बुधबार बिदेशी मुद्राको भाउ बढ्यो

काठमाण्डौँ : बुधबार अमेरीकी डलरसहित सबै बिदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार १ अमेरिकी डलरको ११३ रुपैया ७३ पैसा र बिक्रीदर ११४ रुपैया ३३ पैसा तोकेको छ । हिजो मंगलबार १ अमेरीकी डलरको खरिददर ११३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११४ रुपैयाँ १९ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा रहेको छ । हिजो एकको ३० रुपैया २८ पैसा र बिक्रीदर ३० रुपैया ४४ पैसा रहेको थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा रहेको छ ।मंगलबार एकको खरीदार ३१ रुपैया २० पैसा र बिक्रीदर ३१ रुपैया ३६ पैसा रहेको थियो ।

यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा तोकेको छ । मंगलबार एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा थियो ।

बुधबार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४९ पैसा र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा तोकेको छ । हिजो १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२पैसा थियो ।

यस्तै कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७५६ रुपैयाँ ७७ पैसा तोकेको छ । हिजो एकको खरिददर ३७४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ०५ पैसा रहेको थियो । बुधबार बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २३ पैसा रहेको छ । हिजो १ को खरीदार ३०१ रुपैया २५ पैसा र बिक्रीदर ३०२ रुपैया ८५ पैसा रहेको थियो ।