काठमाडौँ : कालिका माइक्रो फाइनान्सले शेयर कारोबार खुल्ला गर्ने भएको छ । गत जेठमा जनसेवि लघुबित्त संग गाभिने सम्झौतागरेसंग रोक्का भएको कारोबार पुस महिनाभित्र सञ्चालन गर्ने तयारी गरेको छ ।
नेपाल राष्ट्र बैकबाट एकीकृत कारोबार गर्न अनुमति पाइसकेकाले पुस महिनाभित्रै कालिका माइक्रोफाइनान्सको नामबाट कारोबार सुरु गर्ने तयारी भइरहेको माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहराले बताए ।
जनसेविले गत वैशाख २७ गते देखि ३१ गते सम्म सर्बशाधारणकालागि अन्तिम पटक सेयर जारी गरेको थियो । उक्त समयमा ६० लाख ३४ हजार १ सय ९७ कित्ता सेयर कालागि ३ लाख ३४ हजार १ सय ९७ आवेदन परेको थियो ।
राष्ट्र बैकले अनुमति दिएको १ महिना भित्र एकीकृत कारोबार गर्नुपर्ने नियम भएकोले कालिका माइक्रो फाइनान्सको सेयर कारोबार यसै महिनाभित्र हुने छ ।