चिनियाँ विदेशमन्त्री र परराष्ट्रमन्त्री ज्ञवालीबीच टेलिफोन वार्ता,५ लाख कोरोना खोप उपलव्ध गराउने प्रतिवद्धता

चिनियाँ विदेशमन्त्री र परराष्ट्रमन्त्री ज्ञवालीबीच टेलिफोन वार्ता,५ लाख कोरोना खोप उपलव्ध गराउने प्रतिवद्धता

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियां विदेश मन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ । शुक्रवार साँझ भएको फोनवार्तामा चिनियाँ विदेशमन्त्रीले चीन सरकारले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको परराष्ट्रमन्त्रालयले जनाएको छ । यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले तीन लाख डोज खोप उपलब्ध गराउने जानकारी दिएकी थिईन ।

फोन वार्तामा नेपालको पछिल्लो राजनैतिक अवस्थाको वारेमा समेत छलफल भएको स्रोतको दावी छ । चिनियाँ दूतावासमा प्रवक्ता झांग सीले दुवै देशका विदेशमन्त्रीबीच द्धिपक्षिय हित र कोरोना भाइरसको भ्याक्सिन उपलब्ध गराउनेबारे छलफल भएको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले खोप उपलव्ध गराएकोमा चिनियां समकक्षीलाई धन्यवाद दिएका थिए । नेपालले चीनले उत्पादन गरेको भ्याक्सिनलाई नेपालमा प्रयोगका लागी अहिलेसम्म अनुमति दिएको छैन । चीनभन्दा पहिले नेपाललाई भारतले २० लाख खोप उपलब्ध गराइसकेको छ भने बेलायतले समेत २० लाख खोप खरिद गरेर नेपाललाई उपलव्ध गराउने प्रतिवद्धता जनाएको छ ।