एन टि सि ले तोक्यो बुक क्लोज मिति ,कति दिदैछ लाभांश

एन टि सि ले तोक्यो बुक क्लोज मिति ,कति दिदैछ लाभांश

नेपालकै सबैभन्दा ठूलो दुरसंचार कम्पनी(NTC) ले बुक क्लोज मिति तय गरेको छ। कम्पनिले पौष २९ गते साधारण सभा गर्दै छ। कम्पनिको ८४१ औ सन्चालक समितिको बैठकले गत बर्षको मुनाफाबाट शेयरधनिलाइ ४५ प्रतिशत लाभांस बितरण गर्ने निर्णय गरेको थियो। शेयरधनिलाइ ४५ प्रतिशत लभांश दिने गरि आगामी साधारणशभाले पारित गर्दै छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीको पुस १५ गतेदेखि २९ गतेसम्म शेयर दाखिल खारेजको काम बन्द गर्ने भएको छ। पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा नगद लाभांश पाउनेछन्। कम्पनिले गत बर्ष ५५ प्रतिशत लाभांश बितरण गरेको तियो। यससंगै कम्पनीमा मौज्दातमा रहेको रकम बैंक तथा वित्तीय कम्पनी, धितोपत्र वा अन्य कम्पनीको शेयर तथा ऋण पूँजीमा लगानी गर्ने साथै विद्युत र उर्जा उत्पादन, प्रशारण वा वितरण गर्न र इन्फ्रस्ट्रचर शेयरिङ्ग गर्ने प्रयोजन समेतको लागि अन्य सेवामूलक कम्पनी खोल्ने वा त्यस्ता कम्पनीमा ऋण समेत लगानी गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्ने निर्णय गरेको छ ।