मंगलबार सुनको भाउ ३ सय रुपैयाले बढ्यो

काठमाडौँ : मंगलबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाले बढेको छ । हिजो सोमबार प्रतितोला सुनको भाउ ७१ हजार ९ सय रुपैयामा कारोबार भएको सुन आज प्रति तोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुनको भाउ प्रति तोला ७१ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छ । हिजो प्रति तोला ७१ अजार ६ सय रुपैयामा कारोबार भएको सुनको भाउ मंगलबार ३ सय रुपैयाले बढेको हो । यस्तै आज चाँदी प्रतितोला १५ रुपैयाले बढेर ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङघले जनाएको छ ।