आज काठमाडौं र भरतपुरका यी स्थानमा बिजुली बन्द हुने

आज काठमाडौं र भरतपुरका यी स्थानमा बिजुली बन्द हुने

काठमाडौं । आज बागमती प्रदेशअन्तर्गत भरतपुर महानगरपालिकाका १५ स्थानमा ७ घण्टा र काठमाडौंका ५ ठाउँमा १ घण्टा बिजुली बन्द गरिने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार भरतपुर महानगरपालिका वडा नम्बर १६, १७ र १८ मा पर्ने गुञ्जनगर, विष्णुचोक, भुवनवस्ती, वडा नम्बर १९ का शारदानगर सहर, हिमाली चोक तथा वडा नम्बर २६ का हिरापुर, सिमरी, सिसुवार, सिसाई र कोइलामा दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् बन्द गरिने भएको हो।

यसैगरी काठमाडौंका महाराजगन्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमति फाँट र गोल्फुटारमा अहिले बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत् कटौती गरिने प्राधिकरणले जनाएको छ।