राजपत्रमा प्रकाशित संसद् विघटनको सूचना इजलासमा पेश

राजपत्रमा प्रकाशित संसद् विघटनको सूचना इजलासमा पेश

काठमाडौं । शुक्रबार बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनको सूचना पेश भएको छ। महान्यायाधीवक्ता अग्नि खरेलले इजलासमा सूचना पेश गरेका हुन्। बिहीबार संसद विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि इजलासले सूचना आज पेश गर्नू भनेको थियो।

अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले बिहीबारको सुनुवाइका क्रममा विघटनको सदर गरेपछि राजपत्रमा प्रकाशित समेत नगरेको भन्द‌ै बहस गरेका थिए। उनीहरूको बहस सुनेपछि संवैधानिक इजलासले महान्यायाधीवक्ता कार्यालयसँग राजपत्रमा प्रकाशित भएको सूचना भए उपलब्ध गराउन भनेको थियो।

प्रकाशन नभएपछि त्यो अनाधिकृत हो भन्ने कुराको थप प्रमाण हो भन्ने अर्यालको तर्क थियो।