गरिमा बिकाश बैकले एकै दिन गर्यो दुई शाखाको उद्द्घाटन

गरिमा बिकाश बैकले एकै दिन गर्यो दुई शाखाको उद्द्घाटन

काठमाडौं : गरिमा बिकाश बैकले एकै दिन धादिङ र तनहुँ जिल्लामा आफ्नो शाखा बिस्तार गरि औपचारिक रुपमा उद्द्घाटन गरेको छ। गरिमा विकास बैंकले आइतबार नीलकण्ठ नगरपालिका–३, धादिङबेंसीमा स्थापित धादिङबेंसी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले गरेका हुन् । कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक श्यामप्रसाद बस्यालले व्यावसायक दृष्टिले प्रचुर सम्भावना बोकेको धादिङबेंसी आसपास क्षेत्रका उद्यमीहरूलाई आवश्यक पँुजी उपलब्ध गराई त्यस क्षेत्रको औद्योगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण भूमिका खोल्ने विश्वास रहेको बताए ।

उद्घाटन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगाना, नीलकण्ठ नगरपालिकाका–३ का वडाध्यक्ष होमनाथ रिजाल, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्री, विकास बैंकका सञ्चालक विमल पाण्डे, नायव महाप्रबन्धक माधवप्रसाद उपाध्यायलगायतको उपस्थिती थियो। त्यसैगरी आज नै बन्दीपुर गाउपालिका वडा नं।–१, डुम्रेमा स्थापित डुम्रे शाखा कार्यालयको पनि औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन बन्दीपुर गाउपालिकाका अध्यक्ष श्री पुर्ण सिंह थापाज्युले गर्नुभएको हो ।कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक श्री संजीव ढकालज्यूले त्यस क्षेत्रका ग्राहकहरुको बैंकिङ्ग आवश्यकता पुरा गर्ने तथा उद्यमशीलताको विकासमा सहयोग गर्ने विश्वास रहेको बताउनुभयो । त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकालले विकास बैंकले सदैव ग्राहकहरुको चाहना र सन्तुष्टिलाई केन्द्रमा राखेर उत्कृष्ट सेवा प्रवाह गर्न विकास बैंक सदैव प्रतिवद्ध रहेको र ग्राहकहरुले विकास बैंकप्रति देखाउनुभएको विश्वासले थप उर्जा प्राप्त भएको बताउनुभयो ।