प्रतिनिधि सभा विघटनविरुद्धको रिट बृहतमा लैजाने मागलाई  सर्वोच्चले गर्‍यो अस्वीकार

प्रतिनिधि सभा विघटनविरुद्धको रिट बृहतमा लैजाने मागलाई  सर्वोच्चले गर्‍यो अस्वीकार

काठमाडाैं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले ४ दिनको सुनुवाइपछि संवैधानिक इजलासमै सुनुवाइलाई निरन्तरता दिने निर्णय गरेको हो ।

सर्वोच्चले रिटमा गम्भीर संवैधानिक व्याख्याको माग गरिएकाले संवैधानिक इजलासमै सुनुवाइ गर्ने ठहर गरेको हो ।

'प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७ ९३० बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समेत समावेश भएको देखिएकाले निवेदकको मागबमोजिम गर्नु परेन । कानूनबमोजिम गर्नू,' संवैधानिक इजलासको आदेशमा भनिएको छ ।