नेपाललाई २ करोड ५० लाख डोज खोप दिन रुस तयार

नेपाललाई २ करोड ५० लाख डोज खोप दिन रुस तयार

काठमाडौं । समाचार संस्था रोयटर्सले रुसले नेपाललाई कोरोना भाइरविरुद्धको खोप दुई करोड ५० लाख डोज उपलब्ध गराउने उल्लेख गरेको छ। रोयटर्सले रुसको सरकारी समाचार एजेन्सी आरआइए न्यूजलाई उदृत गर्दै उक्त समाचार सार्वजनिक गरेको हो।

आरआईएले रुसको विदेश मन्त्रालयका अनुसार स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको बताएको समाचारमा उल्लेख छ। रुसले उत्पादन गरेको स्पुतनिक भी खोप रुस, बेलारुस लगायत देशमा लगाउन थालिसकिएको छ।

स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि अघिल्लो साता नेपालका लागि रुसका राजदूतसँग भेट गरी खोप उपलब्ध गराइदिन माग गरेका थिए।