राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्यको घोषणा

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्यको घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् । आइतबार सूचना जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम आज बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् । 

राष्ट्रिय सभाको चालू अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने राष्ट्रपतिले जारी गरेको सूचनामा उल्लेख छ । 

प्रतिनिधिसभा विघटन भएकाले राष्ट्रियसभा विजनेशविहीन अवस्थामा थियो । पछिल्ला बैठकमा सांसदहरुले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा चर्को आलोचना गर्दै आएका थिए ।