सोमबार सुनको भाउ बढ्यो

काठमाडौँ : सोमबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाले बढेको छ।हिजो आइतबार प्रतितोला सुनको भाउ ७१ हजार ६ सय रुपैयामा कारोबार भएको सुन आज प्रति तोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुनको भाउ प्रति तोला ७१ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छ । हिजो प्रति तोला ७१ अजार ३ सय रुपैयामा कारोबार भएको सुनको भाउ सोमबार ३ सय रुपैयाले बढेको हो । यस्तै आज चाँदी प्रतितोला ५ रुपैयाले बढेर ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङघले जनाएको छ ।