स्वदेशी उत्पादक पोदरेज हस्पिटलमा प्रवेश, टिचिङ अस्पताललाई ‘वेड’ हस्तान्तरण

स्वदेशी उत्पादक पोदरेज हस्पिटलमा प्रवेश, टिचिङ अस्पताललाई ‘वेड’ हस्तान्तरण

कठमाडौं । स्टिलका सामग्री उत्पादन गर्ने नेपालको एकमात्र अग्रणी उद्योग पोदरेज स्टिल एण्ड आइरन ईण्डष्ट्रिजले त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) लाई वेड हस्तान्तरण गरेको छ । हेल्थ इक्युपमेन्टअन्तरगत उद्योग आफैंले निर्माण गरेको वेड अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेको उपस्थितिमा एक कार्यक्रमका विच शुक्रबार हस्तान्तरण गरिएको हो । 

समयको माग अनुसार मेडिकल प्रयोजनका लागि उद्योगले हेल्थ इक्युपमेन्ट निर्माण सुरु गरेको जानकारी दिंदै पोदरेजका प्रबन्ध निर्देशक प्रमोद गौतमले सामाजिक उत्तरदायित्व बहन गर्दै टिचिङ अस्पताललाई वेड हस्तान्तरण गरिएको बताए । उनले भने– ‘हामिले विशुद्ध नेपाली उद्योगको रुपमा स्थापना गरी आफ्नै फ्याक्ट्रीबाट हेल्थ इक्युपमेन्ट उत्पादन गर्न सफल भएका छौं र अस्पताललाई स्वदेशमै निर्मित वेड हस्तान्तरण गर्न पाउँदा खुसी लागेको छ ।’ 

त्यस्तै अस्पतालका कार्यकारी निर्देशक डा. काफ्लेले पोदरेजले अस्पतालको लागि वेड उपलब्ध गराएको खुसी व्यक्त गर्दै उद्योगको सफलताको कामना गरे । डा. काफ्लेले आगामी दिनमा अस्पतालको आवश्यकता अनुसार स्वदेशी उत्पादनलाई प्राथमिकता दिंदै पोदरेजसँग वेडलगायतका सामग्रीहरु खरिदमा सहकार्य गरिने बताए । उनले भने– ‘हाम्रो प्राथमिकता पनि स्वदेशमै उत्पादन गरिएका सामग्री प्रयोग गरौं भन्ने हो, यदी पोदरेजले हामीले भनेजस्तो सामग्री उत्पादन र वितरण गर्न सक्ने हो भने सहकार्य गर्न सकिनेछ ।’  

पारिवारिक उद्योगको रुपमा सन् १९७२ मा स्थापना भएको पोदरेज स्टिल एण्ड आइरन ईण्डष्ट्रिजले ४८ बर्षको अवधिमा थुप्रै सामाजिक योगदान गरिसकेको छ  । यस अवधिमा उद्योगले नेपाल शाही संगठन नामक संस्थामार्फत देशका विभिन्न ठाउँमा विद्यालय बनाउन, दुरदराजका बस्तिमा खानेपानीको व्यवस्थापन गर्न सहयोग पुर्याउँदै आएको छ । नेपालमा स्टिलका सामग्री उत्पादन गर्ने पोदरेज सबैभन्दा ठूलो स्वदेशी उद्योग हो । पहिला घरायसी प्रयोजनको लागि दराज लगायतका सामग्री उत्पादन हुँदै आएकोमा हाल अफिसियल, हेभी सेक्युरिटी इक्युपमेन्ट(जसमाः बैंक लकर, फायर प्रुभ सेभ, फायर प्रुफ फायलिङ क्याविनेट लगायत) र सिटिङ सिस्टमका सामग्रीहरु उत्पादन तथा विक्रि वितरण गर्दै आएको प्रबन्ध निर्देशक गौतमले जानकारी दिए । उनले पोदरेजका सामान देशैभर सहजै उपलब्ध रहेको बताए । 

उपत्यकामा ८ वटा विक्रि केन्द्र रहेको पोदरेजले विराटनगर र पोखरामा पनि आफ्नै विक्रि केन्द्र संचालन गरिरहेको छ भने छिट्टै नै चितवन नारायणगढमा पनि विक्रि केन्द्र संचालनमा आउने गौतमले जानकारी दिए ।