राष्ट्रिय सभाको अधिवेशन सुरू, एक सांसद र ५ कर्मचारीमा कोरोना संक्रमण

राष्ट्रिय सभाको अधिवेशन सुरू, एक सांसद र ५ कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं । राष्ट्रिय सभाका एक सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय सभाको सातौं अधिवेशन शुरू हुन लाग्दा गरिएको कोरोना परीक्षणमा एक सांसदसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको संसद् सचिवालयले जनाएको छ ।

कोरोना परीक्षणका लागि सांसदहरू कर्मचारीहरूको स्वाब नमूना बिहीवार संकल गरिएको थियो । राष्ट्रिय सभाको अधिवेशन यितवेला जारी छ ।

सातौं‌ अधिवेशनअन्तर्गत आजको बैठकमा सभामा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरूले सम्बोधन गरिरहेका छन् ।