नेकपा ओली समुहको कारबाहीमा परे प्रचण्ड

नेकपा ओली समुहको कारबाहीमा परे प्रचण्ड

काठमाडौं । नेकपाको ओली समुहले पनि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गरेको छ । ओली समूहको नेकपाले विधान अनुसार काम नगरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै प्रचण्ड लाई कारबाही गरेको हो। बिहिबार वालुवाटारमा बसेको बैठकले प्रचण्डलाई कारबाही गरेको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए।

साथै ओलीले पार्टीका सातै प्रदेशमा संयोजक तोकेका छन् । सुदूरपश्चिममा लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, वागमतीमा ईश्वर पोखरेल, प्रदेश नम्बर दुईमा सत्यनारायण मण्डल र प्रदेश एकमा सुवास नेम्वाङलाई संयोजक तोकिएको छ ।

जनवर्गीय संगठनको समन्वयमा टोपबहादुर रायमाझीलाई चयन गरिएको छ ।

छुटाउनुभयो कि ?