काठमाडौं । प्रचण्ड-नेपाल पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रबार साढे ९ बजे सरकारको कदमविरूद्ध वृहत प्रदर्शन गर्ने भएको छ। प्रचण्ड(माधव पक्षले बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजना गरेको केन्द्रीय कमिटी बैठकमा प्रतिनिधि सभा विघटनविरूद्ध सडकमा जान लागिएको बताएको हो।
साथै विरोध प्रदर्शनका क्रममा नेपाल बन्दसमेत हुन सक्ने पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनाएका छन्।
आफू पक्षीय धेरैभन्दा धेरै कार्यकर्तालाई विरोध प्रदर्शनमा उपस्थित हुनसमेत उनले आग्रह गरेका छन्। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि पार्टीको विवाद उत्कर्षमा पुगेको छ।