शेरबहादुर तामाङ दम्पतीले छोडे ओली पक्ष, प्रचण्ड नेपाल समूह रोजे

शेरबहादुर तामाङ दम्पतीले छोडे ओली पक्ष, प्रचण्ड नेपाल समूह रोजे

काठमाडौं । संघीय सांसद शेरबहादुर तामाङ र प्रदेश सांसद उषाकला राई दम्पतीले नेकपा केपी ओली समुहको केन्द्रीय सदस्य पद अस्विकार गरेका छन् ।   बिहीबार बिहान संयुक्त्त विज्ञप्ती जारी गर्दै प्रदेश १ की सांसद उषाकला र उनका श्रीमान संघीय सांसद शेरबहादुरले आफुहरु विघटित संसदको पक्षमा नरहेको र ओली समुहको केन्द्रीय सदस्य स्विकार गर्न नसक्ने बताएका छन् । 

विज्ञप्तिमा उनीहरुले विभाजनले कसैको हित नहुने भएकोले एक भएर देशको हितमा लाग्न आग्रह गरेका छन् । अझै जनजिविकाको धेरै सवालहरु पुरा हुन बाँकी रहेकोले विभाजनको पक्षमा जान नहुने बताएका छन् । प्रदेश १ सांसद उषाकला खोटाङकी हुन भने संघीय सांसद तथा पुर्व  कानुनमन्त्री शेरबहादुर तामाङ सिन्धुपाल्चोक जिल्लाका हुन् । 

श्रीमती उषाकला र श्रीमान शेरबहादुर दम्पत्तीले  थालेको अभियानले गर्दा  गाँजा खेती कानुनी मान्यता दिलाउने  विधेयक संसदमा दर्ता भइसकेको थियो । साथै उनीहरुले घरेलु रक्सीलाई ब्राण्डिङ बनाउनका लागि अभियान चलाइरहेका छन् । 

प्रदेश १ बाट समाजिक विकास राज्य मन्त्री जसमाया गजमेर , झापाका सांसद गोपाल बुढाथोकी , उदयपुरकी सांसद कला घले , कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ , लगायतले ओली समुहको केन्द्रिय सदस्य अस्विकार गरिसकेका छन । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल पनि ओली समुहको केन्द्रिय सदस्य प्रति सन्तुष्ट छैनन ।