सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन हुन सक्दैनः सभामुख

सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन हुन सक्दैनः सभामुख

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनबारे मुख खोलेका छन् । बुधबार विज्ञप्‍ति जारी गरी उनले संविधानको धारा ७६ अनुसार प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म विघटन नहुने स्पष्ट व्यवस्था गरिएको जिकिर गरेका छन् ।

यस विषयमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको उल्लेख गरेका छन् ।

‘यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो । विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ’ उनले भनेका छन् ।

तर संसद अधिवेशन सुरु गर्ने गृहकार्य भइरहेका बेला अवरोध सिर्जना भएको भन्दै आफू मर्माहत भएको उनले उल्लेख गरेका छन् । सभामुख सापकोटाले संविधानको रक्षाका लागि राजनीतिक दलहरुबीच फेरि एक पटक उच्चस्तरीय समझदारीको आवश्यकता देखिएको बताएका छन् ।