संसदीय दलको नेता बनेपछि प्रचण्डले भने- 'संसद पुनर्स्थापित गर्छौं, नयाँ सरकार बनाउँछौं'

संसदीय दलको नेता बनेपछि प्रचण्डले भने- 'संसद पुनर्स्थापित गर्छौं, नयाँ सरकार बनाउँछौं'

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विघटित प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने बताएका छन्। बुधबार प्रचण्ड-माधव समूहका सांसदहरुको बैठकमा उनले संसद विघटन अवैधानिक भएकाले पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताए ।

प्रचण्डले ७० प्रतिशतको उपस्थितिमा केन्द्रीय समिति बैठक बसेपछि आफूहरु नै वैधानिक र ठूलो दल भएको बताए । ‘संसदीय दलमा पनि ११५ अहिले नै सहभागी हुनुहुन्छ र अरु केही सांसदहरुले हस्ताक्षर गर्ने वचन दिनुभएको छ त्यसकारण संसदीय दलमा पनि हामी नै वैधानिक छौँ’ उनले भने, ‘सबैभन्दा ठूलो दल यसले पनि पुष्टि गर्छ ।’

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै उनले संविधानसभाबाट प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने भनेर लेखेको स्मरण गरे ।