प्रचण्ड–नेपाल समुहको संसदीय दलको बैठक सुरु,  ९३ सांसद सहभागी

प्रचण्ड–नेपाल समुहको संसदीय दलको बैठक सुरु,  ९३ सांसद सहभागी

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले संसदीय दलको बैठक सुरु गरेको छ । बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको बताइएको छ । बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गर्ने तयारी गरिरहेको छ । यसअघि एकीकृत नेकपाको दलको नेता केपी शर्मा ओली थिए ।

मङ्गलबार बसेको केन्द्रीय समिति बैठकले आज संसदीय दलको बैठक तय गर्दै नयाँ नेता चयन गर्न लागेको हो । नेता देव गुरुगका अनुसार बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्ने तयारी छ ।

यसअघि मंगलबारै बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरिसकेको छ ।

प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकमा १७४ मध्ये ९३ सांसदको सहभागिता रहेको छ ।