काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमा सुनुवाइ सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १२ रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलाशमा तोकिएको छ।
नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितले दायर गरेको निवेदनसहित एकै पटक सबै मुद्दाको सुनुवाइ हुन लागेको हो।
यही पुस ७ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले पनि संसद विघटनविरुद्ध मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए ।