राष्ट्रपतिलाई भेटिन् चिनियाँ राजदूत होउ यान्छीले, के भयो कुराकानी ?

राष्ट्रपतिलाई भेटिन् चिनियाँ राजदूत होउ यान्छीले, के भयो कुराकानी ?

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी छिन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिका बीच राजदूत यान्छी राष्ट्रपतिलाई भेट्न पुगेकी हुन्। यद्यपि मंगलबारको भेटका लागि उनले पहिले नै समय लिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो।

नेकपामा विवाद उत्कर्षमा पुगेका बेला यसअघि पनि राजदूत याङ्छीको सक्रियता देखिने गरेको थियो। नेकपा फुटको संघारमा पुगेको बेलामा उनले भोलि पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न तय भएको स्रोतको दाबी छ ।