'सूर्य चिह्न' मा प्रचण्ड-नेपाल समूहको दाबी

'सूर्य चिह्न' मा प्रचण्ड-नेपाल समूहको दाबी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सूर्य चिह्न माथि धावा नबोल्न चेतावनी दिएका छन्। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले भने, 'हाम्रो चुनाव चिह्नमा‍थि कसैले धावा बोल्न सक्दैन।'

ओलीले मंगलवार अवैधानिक रुपमा बालुवाटारमा केन्द्रीय कमिटिको बैठक संचालन गरेको नेपालको आरोप छ। उनले आफूहरुसँग बहुमत सदस्य रहेकोले ओलीले संचालन गरेको बैठक वैधानिक नभएको तर्क गरे।

उनले नेकपा एमाले ब्युँतने कुरा हल्ला मात्रै भएको दावी समेत गरेका छन्। पार्टी एकताकै बेला एमाले विघटन भइसकेकाले ओलीले एमाले ब्युँताउन नसक्ने उनको जिकिर छ।

नेपालले सम्बोधनका क्रममा ओलीले पाँच जना सचिवालयका सदस्यलाई समेत नटेरेको बताउँदै भने, 'हामी पाँच जनालाई त टेरेनन्। प्रचण्डलाई के टेर्थे।' कार्यकारी अध्यक्ष प्रचण्डको कुर्सी ओलीले हटाएकोमा प्रचण्ड सहेर बसेको नेपालको भनाई छ। उनले आफू भए कुर्सी बोकेर माथि बस्ने जिकिर समेत गरे।