प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक जारी, माधवलाई अध्यक्षमा प्रस्ताव, ओलीलाई हटाउने निर्णय

प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक जारी, माधवलाई अध्यक्षमा प्रस्ताव, ओलीलाई हटाउने निर्णय

काठमाडाैं । प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपाको समानान्तर केन्द्रीय समिति बैठक जारी छ । राजधानीको कार्की ब्याङ्केटमा बसेको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको विपक्षमा रहेका कार्यकारी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताका साथै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ । 

सो समूहले माधव नेपाललाई पार्टी अध्यक्ष प्रस्ताव गरेको छ । मंगलबार कार्यकारी अध्यक्षप्रचण्डसहितको ओलीइतर समूहको स्थायी समिति बैठकले माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए । 


यस्तै बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै नेपाललाई नयाँ अध्यक्ष बनाउने सहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा लगिएको छ । बैठकको निर्णयअनुसार कार्यकारी अध्यक्षको प्रावधान राखिएको छैन ।