टोपबहादुर र मणि थापा ओली समूहमा, हरिबोल प्रचण्डतिर लागे

टोपबहादुर र मणि थापा ओली समूहमा, हरिबोल प्रचण्डतिर लागे

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अलग–अलग केन्द्रीय कमिटी बैठक बोलाएपछि नेताहरु दुई खेमामा बिभाजित भएका छन् । नेताहरु मणि थापा र टोपबहादुर रायमाझी प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका छन् । थापा र रायमाझी दुबै पूर्वमाओवादी हुन् । 

पूर्व माओवादी पृष्ठभूमिका लेखराज भट्ट यसअघि नै ओलीतिर लागेका छन् । उनी प्रधानमन्त्री ओलीले सोमबार बोलाएको सांसदहरुको भेलामा मञ्चमै थिए । सांसदहरुको भेलामा नदेखिएका रायमाझीसँगै स्थायी कमिटी सदस्य मणि थापा भने केन्द्रीय कमिटी बैठकका लागि बालुवाटार पुगेका छन् । गृहमन्त्री रामबहादुर थापा भने ओली समूहको आजको बैठकमा पनि सहभागी भएनन् ।

यता पछिल्लो समय ओली निकट रहेका भनिएका हरिबोल गजुरेल आज ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक गएनन् । तर, आज  कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको केन्द्रीय कमिटी बैठकमा जाने उनले बताएका छन् ।