संसद् विघटन अलोकतान्त्रिक, सामूहिक रुपमा प्रतिकार गर्ने तीन दलको निर्णय

संसद् विघटन अलोकतान्त्रिक, सामूहिक रुपमा प्रतिकार गर्ने तीन दलको निर्णय

काठमाडौं । प्रमुख तीन दलले प्रधानमन्त्री ओलीले गरेको संसद् विघटन संविधान विरोधी र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेका छन् । आज साँझ बसेको संयुक्त बैठकले प्रधानमन्त्रीको यो कदमविरुद्ध सामूहिक विरोध गर्ने बताएका छन् । 

सोमबार बेलुका कांग्रेस मुख्यालय सानेपामा बसेको कांग्रेस, जनता समाजवादी पार्टी र नेकपाले संसद् विघटन गर्नु संविधान विरोधी कार्य भएको ठहर गरेका छन् ।  प्रचण्ड–नेपाल समूहले सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्नु अलोकतान्त्रिक र संविधान विरोधी कार्य निष्कर्ष निकालेको नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए ।

मंगलबार बोलाइएको केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने श्रेष्ठले जानकारी दिए । बैठकमा तीनै दलका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।