नेता कार्यकर्तालाई प्रचण्डको विशेष अपिल, संसद विघटन हुँदैमा पार्टी विभाजन हुँदैन

नेता कार्यकर्तालाई प्रचण्डको विशेष अपिल, संसद विघटन हुँदैमा पार्टी विभाजन हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरका नेता कार्यकर्तालाई विशेष अपिल गरेका छन् । सोमवार प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले नेकपा एकतावद्ध रहेकाले पार्टी विरोधी गतिविधिको भ्रममा नपर्न आग्रह गरेका छन् ।

गणतन्त्र र परिवर्तनको रक्षाका लागि एकजुट भएर अघि बढ्न प्रचण्डले अपिल गरेका छन् ।

यद्दपी केपी ओली समूहले भने नयाँ पार्टी गठनको तयारीस्वरुप बालुवाटारमा भेला भैसकेका छन् । यसअघि निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमालेलाई व्यूताउने कि नयाँ दल दर्ता गर्ने भन्ने बारे आजै निर्णयमा पुग्ने सो समूहको तयारी रहेको छ ।