काठमाडौं । संसद विघटनपछि विकसित घटनाक्रमका बारे छलफल गरि रणनीति बनाउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुको भेला आज हुँदैछ । भेला दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुन लागेको हो।
प्रचण्ड र नेपालले आफ्ना निकटका नेताहरुलाई अनिवार्य रुपमा उपस्थित हुन निर्देशन दिएका छन्। भेलामा सहभागिता जनाउनका लागि उपत्यकाबाहिर रहेकालाई पनि अनिवार्य आउन निर्देशन दिइएको छ।
आइतबार प्रधानमन्त्री केपी ओलीविरुद्ध ९० सांसदले अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए। ओली समूहले भने बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेला गरेका छन्। संसदीय दलमा दुवै पक्षले बहुमत जुटाउनका लागि रस्साकस्सी गर्दै छन्।