प्रचण्डलाई ओलीले भने-'जे हुनु भइहाल्यो, अब मिलेर चुनाव लडौं'

प्रचण्डलाई ओलीले भने-'जे हुनु भइहाल्यो, अब मिलेर चुनाव लडौं'

काठमाडौं । संसद भंग गरेका प्रधानमन्त्री केपी ओलीले अबको मध्यावधि चुनावमा पनि मिलेर लड्न र र भव्य जीत हात पार्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अफर गरेका छन् । संसद विघटनको सिफारिस शीतल निवासमा छोडेर बालुवाटार फर्किएका प्रधानमन्त्री ओलीले प्रचण्डलाई यस्तो अफर गरेको प्रचण्डले खुलासा गरेका छन् ।

आइतबार बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटि बैठकमा प्रचण्डले ओलीको उक्त अफरबारे ब्रिफिङ गर्दै सुनाएका थिए । बैठकमा सहभागी एक स्थायी कमिटि सदस्यका अनुसार जे हुनु थियो त्यो भयो अब मिलेर अगाडी बढौँ भन्दै प्रस्ताव गरेका थिए । ‘जे हुनु भइहाल्यो, अब मिलेर चुनाव लडौं, फेरि जितेर देखाऔं, भन्ने अफर ओलीजीबाट आयो’ प्रचण्डको भनाई उद्धृत गर्दै ति नेताले भने,

संसद विघटनको सिफारिस मन्त्रिपरिषद्बाट पारित गरेर शीतल निवास गएका ओलीले पुनः बालुवाटार फर्किएपछि मात्र प्रचण्डसँग भेटेका थिए । यसअघि उनले प्रचण्डलाई समय दिएका थिएनन् ।

प्रचण्डले भने ओलीलाई निरंकुश र घातक कदम चालेर गल्ती गरेको र देश प्रतिगमनतिर जान खोजेको आशंका व्यक्त गरेका थिए ।
आजकै स्थायी कमिटि बैठकले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही सिफारिस गरेर केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ ।