प्रचण्ड–नेपाल समूहका मन्त्रीहरू सामूहिक राजीनामाको तयारीमा

प्रचण्ड–नेपाल समूहका मन्त्रीहरू सामूहिक राजीनामाको तयारीमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका मन्त्रीहरू सामूहिक राजीनामाको तयारीमा जुटेका छन् । दाहाल–नेपाल समूहका मन्त्रीहरु घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, विना मगरलगायतका मन्त्रीहरुले सामूहिक राजीनामाका सम्बन्धमा परामर्श गरिरहेको स्रोतले जानकारी दियो ।

उनीहरुले कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेर मात्रै के गर्ने भन्ने निर्णयमा पुग्ने एक मन्त्रीले जानकारी दिए । 

संसद विघटन गर्ने ओेलीको प्रस्तावमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुन, घनश्याम भुषाल, योगेश भट्टराई लगायतले विरोध गरेका थिए ।