संसद् विघटनको प्रस्तावमा मेरो विरोध वा समर्थन केही छैन : वामदेव गौतम

संसद् विघटनको प्रस्तावमा मेरो विरोध वा समर्थन केही छैन : वामदेव गौतम

काठमाडौं । सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतमले संसद् विघटनको सरकारको कदममा आफ्नो विरोध वा समर्थन केही नभएको बताएका छन् । गौतमको यो अभिव्यक्तिसँगै गौतम ओली खेमामा उभिएको प्रचण्डल माधव नेपाल समूहको बुझाई छ । 

ओलीको यो कदमको चौतर्फी विरोध भैरहेको छ । उलीविरुद्ध थप रणनीति तय गर्न खुमलटारमा प्रभण्ड नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । 

आइतबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटनको सिफारिस गरेको थियो । सोही सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय पुगेका थिए ।

सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।