बैशाख २३ मा आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

बैशाख २३ मा आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी मा ओलीले बैशाख २३ गते आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले बैशाख २३ मा चुनाव प्रस्ताव राखेका हुन् । 

यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ। 

आज बिहानको मन्त्रिपरिषद् बैठकले संसद् विधटनको लागि सिफारिस गरेको थियो । सो सिफारिस लिएर प्रधानमन्त्री ओली शीतलनिबास पुगेका छन् ।