संसद् विघटनको प्रस्ताव लिएर प्रधानमन्त्री पुगे शीतलनिवास

संसद् विघटनको प्रस्ताव लिएर प्रधानमन्त्री पुगे शीतलनिवास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटनको प्रस्ताव लिएर राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् । मन्त्रिपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।

सत्तारुढ नेकपाभित्र विवाद चुलिएपछि ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने प्रस्ताव मन्त्रीपरिषदवाट गराएका हुन् ।

ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग भेट्न पनि अश्विकार गरेका छन् । ओलीले भेट नदिएपछि बालुवाटार पुगेका प्रचण्ड खुमलटार फर्किएका थिए ।