विप्लव नेकपाविरूद्ध रणनीति तय गर्न गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक

विप्लव नेकपाविरूद्ध रणनीति तय गर्न गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक

काठमाडौं । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपाका आपराधिक गतिविधि बढेपछि आवश्यक रणनीति तय गर्न गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक बसेको छ । गृह मन्त्री रामबहादुर थापाको अध्यक्षतामा सुरू भएको बैठकमा विप्लव समूहका गतिविधी समीक्षा गर्दै आवश्यक रणनीति तय गर्ने तयारी भएको छ ।

बैठकमा प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सहभागी छन् । २०७५ माघ २८ को मन्त्रिपरिषद् बैठकले विप्लव समूहका गतिविधिमा प्रतिबन्ध लगाएपछि विप्लव समूह भूमिगत छ ।

मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मंगलबार चन्द समूहले हत्या गरेपछि त्रास छाएको छ । चन्द समूह र राजावादीको गतिविधिका बारेका सुरक्षा प्रमुखहरुबाट आवश्यक ब्रिफिङ लिएपछि त्यही अनुसार कदम चाल्ने सरकारको तयारी छ ।