काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्किएपछि

काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्किएपछि

काठमाडौं । नुवाकोटमा हेलिकोप्टर दुर्घटना भएको छ । बागलुङको गलकोटबाट काठमाडौं उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ । उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका-३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए।

उडिरहेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाँउपालिकामा दुर्घटनामा परेको उनले बताए । भण्डारी पनि हेलिकोप्टरमै सवार थिए । दुर्घटनामा परेको हेलिकोप्टरमा पाइलटसहित ६ जना रहेको र सबै सुरक्षित रहेको उनले बताए ।

केहीलाई सामान्य चोट लागेको र हेलिकोप्टरको अगाडिको सिसा फुटेको उनले बताए ।