उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल विजयी भएका छन् । ढकालले प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गरे । विजयी भएका ढकालले ३० प्रतिशत मतभार हुने एशोसियटमा ५ सय २२ मत ल्याए भने प्रधानले ३ सय ७५ मत ल्याए ।

यस्तै २० प्रतिशत मतभार भएको वस्तुगतमा ५९ मत ल्याए भने प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत मतभार रहेको जिल्ला नगरमा ५२ मत ढकाल र ५३ मत प्रधानले प्राप्त गरे । ढकाल शेखर गोल्छा पछिको आगामी कार्यकालका लागि अध्यक्ष समेत हुने पक्का भएको छ । महासंघको विधानमा बरिष्ठ उपाध्यक्ष आगामी कार्याकालको स्वत अध्यक्ष हुने प्रावधान छ ।

एशोसियट उपाध्यक्षमा रामचन्द्र संघाई विजयी भएका छन् । उनी सौरभ ज्योतिलाई पराजित गर्दै एशोसियटको उपाध्यक्षमा निर्वाचित भएका हुन् । विजयी भएका रामचन्द्र संघाईले ४ सय ५५ मत ल्याए भने पराजित भएका सौरभ ज्योतिले ४ सय ३४ मत ल्याए । जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भए । उनले ५८ मत ल्याएर चन्द्र ढकाल समुहका गुणनिधी तिवारीले ४७ मत ल्याए ।

वस्तुगत तर्फ अन्जन श्रेष्ठ उपाध्यक्ष निर्वाचित भएका छन् । किशोर प्रधान समुहबाट अन्जन श्रेष्ठले चन्द्र ढकाल समुहका उमेशलाल प्रधानलाई पराजित गर्दै वस्तुगत तर्फ उपाध्यक्षमा निर्वाचित भएका हुन् । एक सय एक मतमा विजयी भएका अन्जन श्रेष्ठले ६२ र पराजित भएका उमेशलाल श्रेष्ठले ३७ मत ल्याए ।

वस्तुगत सदस्यमा नरेशलाल श्रेष्ठ,मिनमान श्रेष्ठ,मनिषलाल प्रधान,अरनिको राजभण्डारी,सुमितकुमार केडिया,सन्दिप अग्रवाल विजयी भएका छन् । त्यस्तै गोविन्द ढुंगेल, भत्तबहादुर हमाल, प्रकाशसिह कार्की, हेमराज ढकाल, शकुन्तलाल हिराचन विजयी भए । साथै सुवोधकुमार गुप्ता, आकाश अधिकारी, बिष्णु गैरे विजयी भए ।

प्रधान समुहबाट अरनिको राजभण्डारी, मनिषलाल प्रधान,मिनमान श्रेष्ठ, सन्दिप अग्रवाल, विष्णुप्रसाद गैरे, शकुन्तलाल हिराचन र गोविन्द ढुंगेलले प्रधान समुहबाट निर्वाचत जिते ।