विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकमा शाक्य नियुक्त

विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकमा शाक्य नियुक्त

 काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँगै रिक्त स्थानमा शाक्यलाई जिम्मेवारी दिइएको हो। 

शाक्यलाई प्राधिकरणकै सहायक कम्पनी एनइए इन्जिनियरिङबाट प्राधिकरणमा फिर्ता बोलाएर यो जिम्मेवारी दिइएको हो । शाक्य फर्किएसँगै प्राधिकरणका उपकार्यकारी निर्देशक लेखराज कोइरालाबाट यो जिम्मेवारी खोसिएको छ। ऊर्जामन्त्री वर्षमान पुनले गत शुक्रबार शाक्यको काज फिर्ता गराउन कोइरालालाई निर्देशन दिएका थिए। कोइरालाले आइतबार शाक्यलाई काज फिर्ताको पत्र दिएका थिए। 

ऊर्जा मन्त्रालय सम्बद्ध अधिकारीहरूका अनुसार मन्त्री पुनले शाक्यलाई कार्यकारी निर्देशक बनाउने गरी प्राधिकरणमा फर्काएका हुन्। भदौ २८ गते घिसिङ बाहिरिएसँगै प्राधिकरण नेतृत्वविहीन भएको थियो ।