कक्षा १२ को परीक्षा मंसिर ९ देखि संचालन हुने, सार्वजनिक भयो रुटिन

कक्षा १२ को परीक्षा मंसिर ९ देखि संचालन हुने, सार्वजनिक भयो रुटिन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि संचालन गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै बोर्डले ९ गतेदेखि परीक्षा संचालन हुने जानकारी गराएको हो । यसपटकको परीक्षमा सम्बन्धित विद्यालयमा उपस्थित हुन नसकेका विद्यार्थीका लागि नजिकैको परीक्षा केन्द्रमा परीक्षा दिन सक्ने व्यवस्थासहित मंसिर ९ बाट परीक्षा तालिका सार्वजनिक गरिएको छ । 

राष्ट्रिय परीक्षा बोर्डका प्रमुख चन्द्रमणि पौडेलले जानकारी दिए अनुसार परीक्षा आधा घण्टादेखि डेढ घण्टासम्मको मात्रै हुनेछ। यस्तै, कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कन, १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयलले लिने आन्तरिक मूल्यांकनको २० प्रतिशतका आधारमा मूल्यांकन गरिने छ। 

समयसीमा र परीक्षा मोडालीटी परिवर्तन गरेको बोर्डले प्रश्नपत्रको स्वरुप उस्तै हुने तर छोटा उत्तर दिनुपर्ने खालको हुने जनाएको  बोर्डले बताएको छ।  कक्षा १२ को परीक्षा स्थगित भएको ८ महिना पुगिसकेको छ। कोरोना महामारीका कारण स्थगित भएको परीक्षामा ४ लाख ३२ हजार विद्यार्थी सहभागी हुँदैछन्। परीक्षा दिने समयमा कोही विद्यार्थी सङ्क्रमित भएर उपचाररत भएको अवस्था रहे बोर्डले पछि छुट्टै प्रश्नपत्र निकालेर परीक्षा लिने पनि बताएको छ।