प्रदेश ५ को राजधानी भालुवाङ बनाउने प्रस्ताव पारित

प्रदेश ५ को राजधानी भालुवाङ बनाउने प्रस्ताव पारित

काठमाडौं । प्रदेश ५ को  राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पारित भएको छ। मंगलबार भएको मतदानमा प्रदेशसभाका बहुमत सदस्यले सरकारले प्रस्ताव गरेको राजधानीकै पक्षमा मतदान गरेपछि प्रस्ताव पारित भएको हो। 

प्रस्तावित राजधानी भालुवाङका पक्षमा र ६९ मत परेको थियो। विपक्षमा भने १३ मत परेको थियो। मतदानमा ८२ जनाले भाग लिएका थिए। प्रदेशसभामा ८९ जना सांसद छन्। 

सरकारले प्रदेशसभामा दर्ता गराएको  राजधानीको प्रस्ताव पारित गराउनका लागि सत्तारुढ दल नेकपाले ह्विप नै जारी गरेको थियो। 

छुटाउनुभयो कि ?