अनसनरत डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुग्यो सरकारी टोली, के भयो कुराकानी ?

अनसनरत डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुग्यो सरकारी टोली, के भयो कुराकानी ?

काठमाडौं । डा. गोविन्द केसीलाई भेट्न सरकारी टोली त्रिवि शिक्षण अस्पताल गएको छ । सत्याग्रह बसेको २३ दिनमा शिक्षासचिव गोपी मैनाली मंगलबार केसीलाई भेट्न शिक्षण अस्पताल गएका हुन्। केसीलाई भेटेर सचिव मैनालीले सत्याग्रह स्थगित गर्न अनुरोध गरेका थिए। 

छलफलमा केसीले सत्याग्रह स्थगित नगर्ने अडान राखे । केसीले औपचारिक रूपमा वार्ता समिति गठन गरेर कुरा गर्न आउन आग्रह गरेका थिए ।

केसीले विभिन्न ६ बुँदे माग राखेर जुम्लामा अनसन थालेका थिए। उनको स्वास्थ्य अवस्था जटिल हुन थालेपछि जुम्लाबाट काठमाडौं ल्याइएको थियो। 

केसी सत्याग्रहमा लामो समयदेखि बस्दा अस्वस्थ र गम्भीर बन्दै गए पनि सरकारले वार्ताका लागि कुनै पहल नगरेको भन्दै चर्को आलोचना हुने गरेको छ ।