सामान्य रुघाखोकी र कोरोना संक्रमण कसरी चिन्ने ?

सामान्य रुघाखोकी र कोरोना संक्रमण कसरी चिन्ने ?

काठमाडौं । मौसम परिवर्तनसँगै मानिसलाई रुघाखोकीले सताइरहेको हुन्छ । सामान्य अवस्थामा लागेको रुघाखोकी कतै कोरोना भाइरस संक्रमणको लक्षण त होइन ? जनमानसमा द्विविधा हुन सक्छ । 

जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले यस्तो द्विविधा हटाउनका लागि केही सुझावहरू दिएका छन् । 

जनस्वास्थ्य विज्ञ डा पाण्डे लेख्छन्, अहिले मौसम परिवर्तनको समय हो । यो समयमा प्रत्येक बर्ष रुघाखोकी लागिरहेको थियो । कोरोना संक्रमण समुदायमा फैलिएको वर्तमान अवस्थामा रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर त्रसित हुनेको संख्या धेरै छ ।

मौसमी रुघा खोकीका लक्षण –

  • नाकबाट पानी आउने 
  • नाक बन्द हुने 
  •  हाँच्छ्यु आउने 
  •  शरीर दुख्ने 
  •  हल्का ज्वरो आउने 
  •  टाउको दुख्ने 
  •  शरीर दुख्ने 
  •  सामान्य उपचार तथा आरामले फाइदा गर्ने 
  • छोटो समयमा निको हुने 
  •  अस्पताल भर्ना हुनुपर्ने अवस्था प्रायः नआउने 

कोरोना संक्रमणका लक्षण –

  • उच्च ज्वरो आउने 
  • सुख्खा खोकी लाग्ने 
  • एकदम थकाइ लाग्ने 
  • सास फेर्न गाह्रो हुने 
  • स्वाद वा र र गन्ध थाहा नहुने 
  • घाँटी खसखस गर्ने र बोलि परिवर्तन हुने 
  • खाना नरुच्ने 
  • निको हुन १० दिन लाग्न सक्ने 
  • अक्सिजन र आइसीयुको उपचार आवश्यक पर्न सक्ने 

यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफुले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने । तापक्रम, अक्सिजन हेरिरहने । आवश्यक परे पिसिआर टेस्ट गर्ने । चिकित्सकको सल्लाह बमोजिम उपचार गर्ने ।

छुटाउनुभयो कि ?