सत्याग्रही डा. गोविन्द केसीलाई भेटे पूर्वराष्ट्रपति यादवले

सत्याग्रही डा. गोविन्द केसीलाई भेटे पूर्वराष्ट्रपति यादवले

काठमाडौं । मेडिकल शिक्षा सुधारको मागसहित सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई भेट्न पूर्वराष्ट्रपति डा. रामवरण यादव शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् । 

डा. केसी अनशन बसेको आज १९ दिन पुगेको छ । जुम्लामा रहेका केसीले त्यहीँबाटै सत्याग्रह थालेका थिए । उनी केही दिनअघि काठमाडौं आएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सत्याग्रहमा छन् । 

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले अहिलेसम्म वार्ताको कुनै पहल गरेको छैन । यसअघि हिजोमात्र पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा बाबुरामा भट्टराईले पनि डा केसीलाई भेटेका थिए ।