बहराइनका राजकुमारको टोली लुक्लामा

बहराइनका राजकुमारको टोली लुक्लामा

काठमाडौं । नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खालिफाको टोली आज लुक्ला पुगेको छ ।

बहराइनका १५ र तीन बेलायती नागरिकको टोली कैलाश हेलिकोप्टरबाट लुक्ला पुगेको हो ।  उनीहरु हिजो नै त्यसतर्फ प्रस्तान गर्ने कार्यतालिका रहेको भएपनि मौसम प्रतिकुलताको कारण रोकिएका थिए । 

टोलीका अन्य सदस्य, गाइड तथा अन्य सहयोगी भने दुई वटा जहाजबाट लुक्ला पुगेका छन् । नेपालमा कोरोना महामारीपछि विदेशबाट हिमाल आरोहण गर्न आएको यो पहिलो टोली हो । मौसम प्रतिकुलताको कारण उनीहरुको आरोहण तालिका प्रभावित हुने देखिएको छ ।