स्याङ्जा पहिरो अपडेटः एकै घरका ९ जनाको शव निकालियो

स्याङ्जा पहिरो अपडेटः एकै घरका ९ जनाको शव निकालियो

काठमाडौं । पहिरामा पुरिएर स्याङ्जाको वालिङमा एकै घरका ९ जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका ९ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।

घट्नास्थलबाट १६ वर्षीया मनिषा नेपालीको जिवित उद्धार गरिएको छ । मनिषालाई थप उपचारका लागि गाण्डकी मेडिकल कलेज पोखरातर्फ पठाइएको छ । पहिरोले पुरेको माया नेपालीको घरबाट सुरक्षाकर्मी र स्थानीयले ९ जनाको शव निकालेका हुन्  । 

पहिरोले पुरिएर २७ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया स्यानी नेपाली र ९ वर्षीय बालक विवश नेपाली,  १४ वर्षीय विक्रम भनिने शिशिर नेपाली र १९ वर्षीया विनिता नेपाली, २२ वर्षीय कुलदीप नेपाली र ५ महिनाको बच्चा कबिर नेपालीको मृत्यु भएको छ ।

१० जनामध्ये उमाकला नेपाली पाहुना रहेको र अन्य ९ जना एकै परिवारको सदस्य रहेको स्थानीयले जानकारी दिएका छन् ।